कतार फिफा विश्वकप फुटबलमा नेदरल्याण्ड्सलाई हराएर अर्जेन्टिना सेमी फाइनल प्रवेश

केहीबेर अगाडि सकिएको कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको दोश्रो क्वाटर फाइनल खेलमा नेदरल्याण्ड्सलाई ट्राईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गरी २ पटकको फिफा विश्वकप फुटबल विजेता अर्जेन्टिना सेमी फाइनल चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाका गोलरक्षकले नेदरल्याण्डसका ५ मध्ये २ खेलाडीले प्रहार गरेका पेनाल्टी प्रहार रोकेका थिए , जसका कारण नेदरल्याण्ड्सका ३ खेलाडीको पेनाल्टी प्रहार मात्रै गोलमा परिणत भएको थियो । यता अर्जेन्टिनाका ५ खेलाडी मध्ये १ खेलाडीको पेनाल्टी प्रहार बाहिर गएको थियो , जसका कारण अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सहित ४ खेलाडीको मात्रै पेनाल्टी प्रहार सफल भएको थियो ।

खेलको पहिलो हापको ३५औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीकौ पासमा मोनिलाजले गोल गरी अर्जेन्टिनालाई खेलमा अग्रता दिलाए । खेलको दोश्रो हापको ६३औं मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सीले पेनाल्टी मार्फत गोल गरी अर्जेन्टिनाको अग्रता दोब्बर बनाए तर खेल ८३औं र दोश्रो हापको इञ्जुरी समयको अन्तिम मिनेटमा नेदरल्याण्ड्सका ओरेष्टले गोल गरी खेल बराबरीमा पु-याए । सोही कारण खेल ३० मिनेट अतिरिक्त समयमा धकेलियो तर अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

यस अघि सन् २०१४ मा ब्राजिलमा सम्पन्न फिफा विश्वकप फुटबलको सेमी फाइनलमा ट्राईब्रेकरमा नै अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई हराएर फाइनल प्रवेश गरेको थियो ।

अब सेमी फाइनलमा अर्जेन्टिनाले क्रोएसियासँग खेल्ने छ । यो विश्वकपमा कुल ४ गोल गरेका मेस्सीले आफूले खेलेका ५ विश्वकप १० गोल गरेका छन् ।

Leave a Reply