कतार विश्वकप फुटबलको तेश्रो स्थानका लागि आज मोरोक्को र क्रोएसिया भिड्ने

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको तेश्रो स्थानको लागि आछ मोरोक्को र क्रोएसिया भिड्ने भएका छन् । नेपाली समय अनुसार बेलुका ८:४५ बजे यी दुई टोली बीच खेल हुने छ । यी दुबै टोलीले यो खेल जित्न प्रयास गर्नेछन्

सेमीफाइनल चरणसम्म अपराजित रहेका यी दुई टोलीमध्ये मध्ये मोरोक्को फ्रान्ससँग २-० गोल अन्तरले र क्रोएसिया अर्जेन्टिनासँग ३-० गोल अन्तरले सेमीफाइनल चरणको खेलमा पराजित भएका थिए । लिग चरणको समूह ‘एफ’ रहेका यी दुई टोलीले त्यसबेला बराबरी खेलेर अंक बाडेका थिए । क्रोएसियासँग बराबरी तथा बेल्जियम र क्यानडालाई पराजित गरी मोरोक्को ७ अंकका साथ सो समूहको विजेता बनेर नकाउट चरण प्रवेश गरेको थियो भने मोरोक्को र बेल्जियमसँग बराबरी र क्यानाडालाई पराजित गरी ५ अंक प्राप्त गरी क्रोएसिया उप-विजेता बनेर नकाउट चरण पुगेको थियो । मोरोक्कोले नकाउट चरणमा समूह ‘ई’को उप-विजेता स्पेनलाई ट्राइब्रेकरमा र क्वाटर फाइनल चरणमा पोर्तुगललाई १-० गोल अन्तरले पराजित गरी अफ्रिका महादेश तथा अरब क्षेत्रका देशहरुको तर्फबाट पहिलो पटक सेमीफाइनल चरण प्रवेश गरेको थियो । यता नकाउट चरणमा समूह ‘ई’को विजेता जापान र क्वाटर फाइनल चरणमा ब्राजिललाई पेनाल्टी सुटाउटबाट पराजित गरी सन् २०१८ को रुसमा सम्पन्न २१औं संस्करणको फिफा विश्वकप फुटबलको उप-विजेता क्रोएसिया सेमीफाइनल चरण पुगेको थियो ।

यसबेलासम्म सो विश्वकपको ६४ मध्ये ६२ खेल सम्पन्न भ एका छन् ।

Leave a Reply