ब्राजिललाई हराएर क्रोएसिया कतार फिफा विश्वकप फुटबलको सेमी फाइनल प्रवेश

कतारमा जारी २२औ संस्करणको फिफा विश्वकप फुटबलको पहिलो क्वाटर फाइनल खेलमा ५ पटकको फिफा विश्वकप फुटबल विजेता ब्राजिललाई ट्राईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गरी सन् २०१८ को रुस विश्वकप फुटबलको उप-विजेता टोली क्रोएसिया सेमी फाइनल प्रवेश गरेको छ । क्रोएसियाका ४ खेलाडीले प्रहार गरेको पेनाल्टी प्रहार सफल भएपनि ब्राजिलका ४ मध्ये २ खेलाडीको प्रहार मात्रै गोलमा परिणत भएको थियो । पेनाल्टी प्रहार विफल भएका ब्राजिलका २ मध्ये १ खेलाडीको प्रहार क्रोएसियाका गोल रक्षकले विफल पारेका थिए भने अर्का १ खेलाडीको पेनाल्टी प्रहार पोलमा लागेर उल्टो फर्केफछि गोल हुन सकेन । खेलको अतिरिक्त समयको १५औं मिनेटको इञ्जुरी समयमा ब्राजिलका नेइमार जुनियरले गोल गरी ब्राजिललाई अग्रता दिलाए तर त्यसको १० मिनेट पछि त् तर खेलको अतिरिक्त समयको २७औं मिनेटपछि क्रोएसियाका खेलाडी रुनो पेट्रोभिकले गोल गरी खेल बराबरीमा पु-याए । अतिरिक्त समयमा त्यसपछि दुबै टोली गोल गर्न नसक्ता खेल ट्राइब्रेकरमा धकेलियो ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट भित्र ब्राजिल र क्रोएसिया दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त ३० मिनेटमा धकेलिएको थियो । खेलमा ब्राजिलले गोलको अवसर श्रृजना गरेपनि क्रोएसियाको रक्षा पङ्ती तोडेर गोल गर्न भने सकेन । यो खेलमा क्रोएसियाका गोलरक्षक नायक बनेका थिए ।

समूह ‘एफ’मा रहेको क्रोएसिया लिग चरणको समूह उप-विजेता बनेर नकाउट चरण प्रवेश गरेपनि नकाउट चरणको खेलमा उसले समूह ‘ई’ को विजेता जापानलाई ट्राइब्रेकरमा पराजित गरी क्रोएसिया क्वाटर फाइनल प्रवेश गरेको थियो ।

विजेता क्रोएसियाले १ घण्टा पछि अर्जेन्टिना र नेदरल्याण्डस् बीच हुने क्वाटर फाइनलको विजेतासँग टोलीसँग सेमी फाइनल खेल खेल्ने छ ।

Leave a Reply