फ्रान्स कतार फिफा विश्वकप फुटबलको सेमी फाइनल प्रवेश , क्वाटर फाइनलबाटै बाहिरियो इङ्ल्याण्ड

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको फुटबलको अन्तिम क्वाटर फाइनल खेलमा इङ्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरी फिफा विश्वकप फुटबलको साविक विजेता फ्रान्स सेमी फाइनल चरणमा प्रवेश गरेको छ । नेपाली समय अनुसार गएको मध्यराती अब वायत रंगशालामा सम्पन्न निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको १७औं मिनेटमा फ्रान्सका औरालियन चुवामेनीको पासमा एण्टोनी ग्रिजम्यानले गोल गरी फ्रान्सलाई अग्रता दिलाए तर खेलको ५४औं मिनेटमा इङ्ल्याण्डका कप्तान ह्यारी केनले पाएको पेनाल्टी प्रहारबाट गोल गरी खेल १-१ को बराबरीमा पु-याए । खेलको ७८औं मिनेटमा फ्रान्सका एण्टोनी ग्रिजम्यानको पासमा ओलिभर जिरुडले गोल गरी फ्रान्सलाई २-१ गोलको अग्रता दिलाए । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् र खेल २-१ गोलको बराबरीमा सकियो ।

खेलको अन्ततिर इङ्ल्याण्डका कप्तान ह्यारी केन पेनाल्टी प्रहारको मौका पाए पनि त्यो पटक उनले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन सकेन र अन्तत: इङ्ल्याण्ड २-१ गोल अन्तरले फ्रान्ससँग पराजित भई क्वाटर फाइनल चरणबाटै बाहिरियो ।

सेमी फाइनल चरणको खेलमा फ्रान्सले मोरोक्कोसँग खेल्ने छ ।

सेमी फाइनल खेलको समीकरण पूरा

फ्रान्स र इङ्ल्याण्ड बीचको क्वाटर फाइनल खेल सकिएसँगै कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ । सेमी फाइनल चरणको खेलमा युरोपका फ्रान्स र क्रोएसिया , दक्षिण अमेरिकाको अर्जेन्टिना र अफ्रिकाको मोरोक्को प्रवेश गरेका छन् । यो विश्वकपको सेमी फाइनल चरणको २०७९ मंसिर २७ गते मंगलबार मध्यराती १२:४५ बजे हुने पहिलो खेलमा अर्जेन्टिना र क्रोएसिया तथा २०७९ मंसिर २८ गते बुधबार मध्यराती १२;४५ बजे हुने दोश्रो खेलमा फ्रान्स र मोरोक्कोले खेल्नेछन् ।

Leave a Reply