भरेराती फ्रान्स र मोरोक्कोले कतार फिफा विश्वकपको सेमीफाइनल खेल खेल्ने

सन् १९१८ र सन् २०१८ फिफा विश्वकप फुटबल विजेता र सन् २००६ को फिफा विश्वकप फुटबलको उप-विजेता फ्रान्स र पहिलो पटक सेमीफाइनल चरणमा पुगेको मोरोक्को बीच यही मंसिर ४ गतेदेखि कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमीफाइनल चरणको दोश्रो खेल हुनेछ । सो खेल नेपाली समय अनुसार भरेराती १२:४५ बजे अल बायत रंगशालामा हुने छ । उक्त खेलको विजेताले आउदो आइतबार कतार लुसेल रंगशाला हुने फाइनल खेलमा अर्जेन्टिनासँग खेल्ने छ ।

यो विश्वकपको सेमीफाइनल पुगेको फ्रान्स लिग चरणको अन्तिम खेलमा पराजित भएपनि त्यस बाहेकका सबै खेल जितेर सेमीफाइनल पुगेको हो भने मोरोक्को लिग चरणको एक खेलमा बराबरी खेलेपनि त्यस बाहेकका सबै खेल जितेर पहिलो पटक सेमीफाइनल चरण पुगेको हो । फ्रान्स क्वाटर फाइनमा इङ्ल्याण्डलाई र मोरोक्को पोर्तुगललाई पाखा लगाएर सेमी फाइनल प्रवेश गरेका हुन् । यी दुबै टोली सेमी फाइनल खेल जितेर नयाँ इतिहास बनाउने प्रयत्नमा हुनेछन् ।

Leave a Reply