साफ महिला च्याम्पियनसीप फुटबल जित्ने नेपालको चाहना यस पटक पनि अधुरै

यस पटक पनि साफ महिला च्याम्पियनसीप फुटबल जित्ने नेपालको चाहना अधुरै रहन पुगेको छ । केहीबेर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसीप फुटबलको फाइनलमा नेपाल पाहुना टोली बंगलादेशसँग १ का बिरुद्ध ३ गोलले पराजित हुन पुग्यो । बंगलादेशले १३ , ४१ र ७७औं मिनेटमा गोल गरेको थियो भने नेपालले ७०औं मिनेटमा सान्त्वना गोल फर्काएको थियो । गोल गर्न सक्ने २ पटकको अवसरलाई नेपाली खेलाडी गोलमा परिणत गर्न नसक्ता नेपालले यस पटक पनि उप-बिजेतामै चित्त बुझाउनु परेको छ भने दशरथ रंगशालामा खेल हेर्न गएका नेपाली दर्शकहरु निराश भएर घर फर्किन विवश भए ।

हालसम्म सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा यस पटक सहित नेपाल ५ पटक फाइनलबाट र १ पटक सेमी-फाइनल चरणबाट बाहिरिएको थियो भने बंगलादेश एक पटक यस अगाडि फाइनल चरणमा पुगेर बाहिरिएको थियो तर यस पटक भने बंगलादेशले नेपाललाई निराश बनाउदै यो प्रतियोगिताको उपाधी चुमेको छ ।

यस अघि नेपाल भारतलाई १-० गोल अन्तरले र बंगलादेश भुटानलाई ८-० गोल अन्तरले पराजित गरी फाइनल प्रवेश गरेका थिए ।

Leave a Reply