स्टार खेलाडीको रुपमा उदाए अर्जेन्टिनाका जुलियन अल्भारेज

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमीफाइनल खेलमा क्रोएसिया बिरुद्ध २ गोल गरी अर्जेन्टिनाका २२ बर्षीय जुलियन अल्भारेजले सनसनी मच्याएका छन् । खेलमा क्रोएसियाका खेलाडीले अर्जेन्टिना माथि दबाब कायम गरिरहेको बेला खेल मैदानको बीचबाट कप्तान लियोनल मेस्सीले टाउकोले बल प्रहार गरी दिएको पासलाई नियन्त्रण गरी क्रोएसियाका रक्षा पङ्तीका ३ खेलाडी र गोल रक्षकलाई छलेर खेलको ३९ मिनेटमा आकर्षक गोल गरेर उनले आफू अब्बल खेलाडी रहेको फुटबल जगतलाई सन्देश दिएको खेल क्षेत्रका जानकारहरु बताउछन् । खेलको ३४औं मिनेटमा पेनाल्टी प्रहार गरी गोल गरेका कप्तान मेस्सीले खेलको ६९औं मिनेटमा उपलब्ध गराएको पासलाई अल्भारेजले गोलमा परिणत गरे । उनका लागि यो पटक गोल गर्न अघिल्लो पटकको तुलनामा सजिलो भयो । उनले गोल मात्रै नभई राम्रो पास पनि खेलिरहेका छन् ।

यो विश्वकपको सेमीफाइनल खेलमा २ गोल गरेका उनले नकाउट चरणको खेलमा अष्ट्रेलिया बिरुद्ध १ गोल र लिग चरणको खेलमा पोल्याण्ड विरुद्ध १ गोल गरी यस विश्वकप फुटबलमा ४ गोल गरेका छन् । उनी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भन्दा १ गोलले मात्रे पछि छन् । मेस्सीले यो‌ विश्वकपका ६ मध्ये ५ खेलमा १/१ गोल गरी आफ्नो गोल संख्या ५ पु-याएका छन् ।

इङ्लिस क्लव म्यानचेष्टर सिटीबाट व्यवसायिक फुटबल खेलिरहेका अल्भारेजको खेलका कारण यो विश्वकपमा अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलोनीको रोजाईमा परे , जबकी यो विश्वकप फुटबलमा अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्वुरो , गोञ्जालो हिग्विन जस्ता खेलाडी प्रशिक्षक स्कोलोनीको रोजाईमा पर्न सकेनन् । प्रशिक्षक स्कोलोनीको रोजाईमा परेपनि स्ट्राइकर एञ्जेल डी मारिया मैदानमा भन्दा बढी बेञ्चमा नै रहेका छन् भने इटालियन क्लव युभेण्टस्मा फ जत्तिको सुन्दर फुटबल खेल यो विश्वकपमा पाउलो डिवालाले खेल्न सकेको महशुस हुन सकेको छैन । ।

Leave a Reply