स्वीट्जरल्याण्डलाई ६-१ गोल अन्तरले हराएर पोर्तुगल क्वाटरफाइनल प्रवेश, गोन्सालो रामोसको ह्याट्रिक

कतारमा जारी २२औं संस्करणको फिफा फुटबलको नकाउट चरणको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६_१ गोल अन्तरले पराजित गरी पोर्तुगल क्वाटर फाइनल प्रवेश गरेको छ । गए राती १२:४५ बजेदेखि समूह ‘एच’ को विजेता पोर्तुगल र समूह ‘जी’ उप-विजेता स्वीट्जरल्याण्ड बीच भएको नकाउट चरणको सो खेलमा पोर्तुगलका २१ वर्षीय खेलाडी गोन्सालो रामोसले खेलको १७औऔ ५१औं र ७१औं मिनेटमा गोल गरी ह्याट्रिक गरे । यो विश्वकपमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् भने यसै विश्वकप फुटबलको नकाउट चरणमा ६-१ गोल अन्तरले विजयी भएर क्वाटर फाइनल प्रवेश गर्ने पोर्तुगल पहिलो देश बन्यो । नियमित कप्तान क्रिष्टियानो रोनाल्डो विना नै खेलेका उनले खेलको १७औं र ७१औं मिनेटमा जाआओ फेलिक्स , ५१औं मिनेटमा डिएगो डालोटको पासमा गोल गरे । सो खेलको ३२औं मिनेटमा पोर्तुगलका पेपे , ५५औं मिनेटमा राफेल गुरेइरो र खेलको दोश्रो हापको इञ्जुरी समयमा राफे लिआयोले १/१ गोल गरे भने खेलको ५८औं मिनेटमा स्वीट्जरल्याण्डका मानुएल अकाञ्जीले १ गरेका थिए ।

पोर्तुगलले क्वाटरफाइनल खेल मोरोक्कोसँग खेले छ ।

Leave a Reply