‘अँजुलीमा थाप्न पाए’ कविता र गीत संग्रह बजारमा

काठमाडौं/ कवि तथा गीतकार सागर फुयालको अँजुलीमा थाप्न पाए कविता र गीत संग्रह बजारमा आएको छ । मैया फुयालले प्रकाशन गरी पाठक समक्ष पु-याउनु भएको यो कृति २०७८ चैत्रमा सार्वजनिक गरिएको थियो । रु २५० मुल्यको १६९ पृष्ठको यो पुस्तकमा कवि तथा गीतकार फुयालद्वारा रचित ३३ वटा कविता र ६८ वटा गीत समावेश छन् । आफ्ना पिता दिवंगत ईश्वरप्रसाद फुयालप्रति सादर समर्पित यो कविता तथा गीत संग्रह कवि तथा गीतकार फुयालको पुस्तकको रुपमा प्रकाशित पहिलो कृति हो ।

Leave a Reply