कलाकार जयनन्द लामाको निधनले दर्शक र श्रोता दु:खी

कलाकार / लोकप्रिय लोक गायक तथा अभिनेता जयनन्द लामाको बुधबार भएको असामयिक निधनले दर्शक तथा श्रोता दु:की बनेका छन् । उनीहरुले कलाकार लामाको निधनप्रति दु:ख प्रकट गरिरहेका छन् । ‘हेर हेर यिनको मोटो बुद्धी‘ भन्ने थेगोले दर्शक र श्रोता माझ प्रिय बनेका कलाकार लामाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले शोक व्यक्त गर्नु भएको छ । उहाँको निधनले नेपाली कला क्षेत्र शोकाकुल बनेको देखिएको छ । सरल र मिलनसार लामा नेपाली गीत संगीत र कला क्षेत्रको प्रवर्द्धनमा निरन्तर लागिरहनु भएको थियो ।

Leave a Reply