जन-गायक जे.बी. टुहुरेको सम्झना गरिदै

जीवनभर शोषित पीडित जनताको पक्षपोषण गर्ने गीत गाएर जनताको मनमुटुमा बसेका जन-गायक जे.बी. टुहुरेको सम्झना गरिदै छ । अचानक सिकिस्त विरामी भएपछि उपचारका लागि काठमाडौंको बल्खुस्थित बयोदा अस्पतालमा वि.सं. २०७८ भदौ १ गते भर्ना गरिएका जन-गायक टुहुरेको उपचारका क्रममा २०७८ भदौ १० गते निधन भएको थियो । ‘आमा दिदी बहिनी हो….’, बसाइँ हिढ्नेको ताँतीले…’, मृत्यु पनि मान्छे पिच्छे फरक हुदोरै’छ….’, छोराहरु हो……… , ‘के दिउँ दाइजो चेलीलाई……’ लगायतका गीत गाएर श्रमजीवी जनताको मनमस्तिस्कमा बसेका उहाँको व्यवहार पनि आफूले गाएका गीत अनुरुपकै रहेको जानकारहरु बताउछन् । वि.सं.२००१ सालमा धरानमा जन्मिएका उहाँ नेपालको कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएर जनवादी गीत संगीत श्रुजनामा लाग्नु भएको बताइन्छ । नेकपा (माले), नेकपा (एमाले) र जीवनको पछिल्लो कालखण्डमा नेकपा (माओवादी) सम्बद्ध सांस्कृतिक संगठनको नेतृत्व तहमा रहेर जनवादी संस्कृतिक निर्माणका लागि महत्वपूर्ण योगदान गर्नु भएको थियो उहाँले । चाहे वि.सं. २०४६ सालको जन-आन्दोलन होस्, चाहे वि.सं.२०६२/०६३ को ऐतिहासिक जन-आन्दोलन होस्, सधै श्रमजीवी जनताको पक्षमा संघर्ष गरेका उहाँ तत्कालीन एनेकपा (माओवादी)को तर्फबाट वि.सं. २०७० सालमा दोश्रो संविधान सभा सदस्य बन्नुभएको थियो । नाम जुठबहादुर खड्गी भएपनि वि.सं.२०२१ सालमा आफ्ना पिताको निधन भएपछि आफू साच्चिकै टुहुरो भएको महशुस भएर मैले आफ्नो नाम जे.बी. टुहुरे राखेको बताउनु भएको थियो एक प्रसङ्गमा उहाँले ।

निधन भएको वर्ष दिन पुग्दा पनि प्रगतीशील खेमाका सांस्कृतिक संगठनहरु तथा प्रगतिवादी कला र साहित्यमा सम्लग्न व्यक्तिहरुले उहाँको स्मरण गरिरहेको देखिएको छ ।

Leave a Reply