डा.दीपकप्रकाश बास्कोटाको ‘निष्ठाको यात्रा’ बजारमा

काठमाडौं/पूर्व गृह राज्यमन्त्री तथा सहकारी अभियान्ता डा. दीपकप्रकाश बास्कोटाको निष्ठाको यात्रा पुस्तक बजारमा आएको छ । वि.सं.२०५१ सालको मध्याबधि निर्वाचनमा पाँचथर जिल्लाको १ नं. क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट सांसद बनेर पछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री बनेका डा. बास्कोटाको यो पुस्तक आत्मकथा हो । राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी संघ लिमिटेड , जो पछि राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपाल बन्यो,का अध्यक्ष बनेका डा.बास्कोटाको यो पुस्तकमा उहाँले राजनीति , समाज , सहकारी लगायतका क्षेत्रमा पु-याएको योगदान तथा आफूले देखेका र भोगेका विषय उल्लेख छ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति समर्पित यो पुस्तकको काठमाडौंमा गत बुधबार आयोजित कार्यक्रममा विमोचन भएको थियो । २१२ पृष्ठको यस पुस्तकमा आत्मस्वीकारको दस्तावेज शीर्षकको प्रकाशकीय र डा.बास्कोटाको अर्थशतकीय आरोह-अवरोह शीर्षकको भनाईका अतिरिक्त उहाँका ३२ वटा बिभिन्न शीर्षकका आलेख र तस्वीर खण्ड समावेश छन् । बुक्स राइटिङ नेपालले प्रकाशन गरी २०७९ असारमा बजारमा ल्याएको यो पुस्तकको सम्पादन विवश वस्तीले गर्नु भएको छ ‌‌। यस पुस्तकको मुल्य भनेको रु.३५० रहेको छ ‌।

Leave a Reply