पाठकहरुको रोजाईमा ‘सङ्घीय नेपालको भू-राजनीतिक अर्थव्यवस्थाका आयामहरु’ पुस्तक

काठमाडौं/ अर्थविद डा.उत्तम खनाल र सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेलद्वारा लिखित संङ्घीय नेपालको भू-राजनीतिक अर्थव्यवस्थाका आयामहरु पुस्तक पाठकहरुको रोजाईका पुस्तकहरुको सूचीमा परेको देखिएको छ ‌ । एबीसी पुस्तक भण्डार , न्यू प्लाजा , काठमाडौंले २ महिना अगाडि बजारमा ल्याएको सो पुस्तकको अधिकांश प्रति विक्री भएको बताइएको छ ‌। अर्थमन्त्री जनार्दश शर्मा ‘प्रभाकार’ले एक समारोहका बीच विमोचन गरिएको उक्त पुस्तकको मुल्य रु.३५० रहेको छ । २६१ पृष्ठको यो पुस्तकबाट हाम्रो देशको अग्रगमन र आर्थिक समृद्धिको लागि मार्गदर्शन गर्ने आधार हुन पाठकहरु बुझाई छ । यस पुस्तकको प्रथम संस्करणमा ३,००० प्रति छापिएको जनाइएको छ ।

Leave a Reply