बरिष्ठ गायक कोमल निरौला प्रवल जनसेवाश्री पदकबाट सम्मानित

काठमाडौं/ वरिष्ठ गायक तथा संगीतकार कोमल निरौला प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनुभएको छ । गत असोज ३ गते संविधान दिवसमा नै घोषणा भएको सो पदक नव वर्ष २०७९ को अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँलाई प्रदान गरिएको थियो ।

…………………………………………………………………

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

……………………………………………………………………..

इलामको नाम्सालिङमा जन्मेर हुर्किनु भएका र हाल इलाम सदरमुकाममा बसोबास गर्दै आउनु भएका निरौलाको नेपाली गीत संगीतको श्रीबृद्धिमा महत्वपूर्ण योगदान रहेको छ । पिता शर्मानन्द उपाध्याय र माता रेणुकाको प्रेरणा तथा दाजुहरुको सहयोगबाट सांगीतिक क्षेत्रमा लाग्नु भएका निरौला ख्याती प्राप्त गायक तथा संगीतकार हुनुहुन्छ उहाँ हिडेको सांगीतिक मार्गमा उहाँका छोराहरु डेनी र भिषण तथा छोरी झुमाले पनि आफ्ना पाइला चालिरहनु भएको छ । निरौलाले कलासँगै शिक्षण पेशालाई पनि सँगसँगै अगाडि बढाउनु भएको थियो ।

…………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं

Leave a Reply