सरु संगीत घरद्वारा सरस्वती संगीत पुरस्कार घोषणा ,३ लाख रुपैयाको अक्षय कोष स्थापना हुने

ललितपुरको महालक्ष्मी नगरपालिका-५, सानागाउँमा रहेको सरु संगीत घरले ४० वर्ष नाघेका संगीतसाधकलाई हरेक वर्ष प्रदान गर्ने गरि सरस्वती स्मृति संगीत पुरस्कार स्थापना गर्ने भएको छ । सो पुरस्कारका लागि रु.३ लाख राशीको अक्षय कोष स्थापना गर्ने जानकारी शनिबार सानागाउँस्थित बुद्ध पार्टी प्यालेसमा सम्पन्न सरु संगीत घरको तेश्रो वार्षिकोत्सव कार्यक्रममा दिइएको हो । चर्चित गायिका कुन्ती मोक्तान , संगीतकार सिलाबहादुर मोक्तान , गणेश पराजुली र संगीतकार तथा बासुरीबादक बलराम समाल लगायतका श्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रममा

सरु संगीत घरका सञ्चालक डेनि निरौला तथा स‍रु संगीत घरका प्रशिक्षार्थीहरुले फरक फरक मौलिक संस्कृति झल्किने गरि नृत्य र गीत प्रस्तुत गरेका थिए । कवि लेखनाथ ढुङ्गानाले कविता वाचन गरेको कार्यक्रममा आ-आफ्नो सुजना प्रस्तुत गरेका सबैलाई पूर्व न्यायधीश जीवनहरि अधिकारीले प्रमाण-पत्र प्रदान गर्नुभएको थियो । दिउसोबाट शुरु भएको कार्यक्रम साझ ७:३० बजे सम्पन्न भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै चर्चित गायिका कुन्ति मोक्तानले गीत संगीतको प्रवर्द्धनमा सरु संगीत घरले महत्वपूर्ण यु-याएको देख्ता खुशी लागेको भन्दै सरु संगीत घरको थप प्रगतिको कामना गर्नुभयो । संगीतकार तथा गायक एवं सरु संंगीत घरका सञ्चालक डेनि निरौलाकी आमाको सम्मानको लागि आफू यहाँ आएको बताउनुभयो ।

संगीतकार तथा गायक डेनि निरौलाले ३ वर्ष अगाडि दिवंगत आमा सरस्वती घिमिरेको नाममा सञ्चालन शुरु गरेको सरु संगीत घरमा गायन, नृत्य तथा मादल , हारमुनियम, गीटार लगायतका बाद्यबादनको अध्ययन अध्यापन हुँदै आएको छ ।

बरिष्ठ गायक तथा संगीतकार कोमल निरौलाकी श्रीमती तथा संगीतकार तथा गापकद्वय डेनि निरौला र भिषण निरौला तथा गायिका झुमा निरौलाकी आमा दिवंगत सरस्वती घिमिरेको स्मृतिमा सरु संगीत घरले स्थापना गरेको सरस्वती संगीत पुरस्कार हरेक वर्ष ४० वर्ष कटेका १ जना संगीतसाधकलाई प्रदान गर्ने बताइएको छ ।

Leave a Reply