माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

काठमाडौं/ केही दिनयता कोभिड-१९ संक्रमण दर ह्वात्तै बढेको भन्दै सरकारले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्रले यही पुस २५ गते गरेको सिफारिसलाई सोमबार गृह मन्त्रालयले कार्यान्वयन गर्ने गरी सो निर्णय गरेको हो । उक्त मन्त्रालयले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला र महोत्सव आयोजना नगर्ने र नगराउने निर्णय गरेको बताइएको छ ।

Leave a Reply