मोहन निरौलाको अध्यक्षतामा चलचित्र कलाकार संघको नयाँ कार्य समिति चयन

चलचित्र कलाकार संघको अध्यक्षमा प्रतिस्पर्धी रेजिना उप्रेतीलाई २६ मतले पछि पारी मोहन निरौला निर्वाचित हुनुभएको छ । सो संघको नयाँ कार्य समिति चयनका लागि शनिबार काठमाडौँमा सम्पन्न निर्वाचनमा खसेको कूल मत ४६६ मध्ये अध्यक्ष पदका उम्मेद्वार म‍ोहन निरौलाले २३५ र रेजिना उप्रेतीले २०९ मत पाउनु भएको र बाँकी २६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । उक्त कार्य समितिको उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागौ , महासचिवमा सविन श्रेष्ठ , सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल तथा सदस्यमा शीतल के.सी. , नम्रता खरेल , गोपाल ढकाल ‘छन्दे’, पुकार भट्टराई , खुश्वु खड्का , सरिता राजोपाध्य , उद्धवप्रसाद भट्टराई , पवन के.सी. , समीर लामा र रोशन श्रेष्ठ निर्वाचित हुनुभएक‍ो छ भने सह-कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोथ निर्वाचित हुनुभएको छ । यो निर्वाचनमा सदस्य यदकी उम्मेद्वार शीतल के.सी.ले सबैभन्दा बढी ३०९ पाउनुभएको बताइएको छ ।

नवनिर्वनचित अध्यक्ष निरौलाले पेशागत हितलाई ध्यानमा राखेर अगाडि बढ्ने सञ्चारकर्मीहरुलाई बताउनुभयो । यसैगरी सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सोही संघकी अध्यक्ष पदमा पराजित रेजिना उप्रेतीले आफूलाई मतदान गरेका मतदाताहरुको भावना अनुरुप सो संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply