आज जनै पूर्णिमा र रक्षाबन्धन , पुरोहितहरुलाई भ्याइनभ्याइ

आज यस वर्षको जनै पूूर्णिमा र रक्षाबन्धन पर्व जनै लगाउनेहरुले जनै फेरेर र रक्षाबन्धन गरी मनाइएको छ । आज विशेषगरी पहाडी समुदायका मानिसहरुले पुरोहितहरुबाट रातो र पहेलो रङको ड‍ोरो हात बाधेर रक्षाबनधन गरेका छन् भने थारु, मधेशी लगायतका तराईबासी समुदायका दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाधेर उनीहरुको सुख, शान्ति र प्रगतिको कामना गरेका छन् ।

आज विहानैदेखि काठमाडौं पशुपतिनाथ, कोटेश्वरको महादेवथान लगायतका विभिन्न मन्दिरहरुमा मानिसहरुको हातमा दक्षिणा लिएर रातो र पहेलो रङको ड‍ोरो बाधिदिन र जनै फेर्नेहरुलाई शुल्क लिएर जनै दिन भ्याइनभ्याइ थियो ।

आज रक्षाबन्धनको रुपमा हातमा बाधिएको ड‍ोरोमा माला उनेर गाई तिहारकन दिन गाईको पुच्छरमा बाधिदिनु दिनुुुपर्छ भन्ने भनाइ छ भने कसैकसैले सो ड‍ोरोमा फुलको माला उनेर गाईलाई लगाई दिनुपर्छभनेको पनि सुनपन्छ तर हिन्दू धर्म मानेपनि मुडुला कार्कीहरुले भने तिहारामा गाई नपुज्ने भएकोले उनीहरुले आफ्नो हातमा आज बाधेको डोरो फुकालेर त्यत्तिकै फनल्ने गरेको पाइन्छ ।

आजै विगतका वर्षहरुमा झैं विभिन्न थरीका गेडागुडीको टुसा उमारेे त्यसको क्वाटी बनाएर खाने कार्य पनि भइरहेको छ ।

Leave a Reply