आज न्वागी (छोनाम) पर्व मनाउदै चेपाङ समुदाय

विशेषत: चितवन, धादिङ , गोरखा र मकवानपुर जिल्लामा बाक्लो बसोबास गर्ने चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व एक आपसमा शुभकामना आदान प्रदान गरी हर्ष बढाईका साथ मनाउदै छन् । सिमान्तकृत अवस्थामा रहेका चेपिङ समुदायका अगुवाहरुले आफ्नो संस्कृति संरक्षणका लागि पहल गर्न थालेका छन् ।

यो पर्वको अवसरमा बागमती प्रदेश सरकारले आज धादिङ, चितवन र मकवानपुर जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । केन्द्र सरकार सार्वजनिक बिदा नदिदा प्रदेश सरकारले मात्रै दिएको यस्तो सार्वजनिक बिदा खासै प्रभिवकारी नहुने गरेको सरोकारवालाहरु बताउछन् ।

Leave a Reply