आज श्रीपञ्चमी , विद्याकी अनुष्ठात्री देवी सरस्वतीको पुजा गरिदै

आज श्रीपञ्चमी अर्थात वसन्तपञ्चमी । विशेषत: नेपाली समाजमा आज विद्याकी अनुष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने चलन छ ।

बिगतमा झैं यस वर्ष पनि आज विद्यालयहरुमा नुहाईधुवाई गरी सफा मनले विद्याकी अनुष्ठात्री देवी सरस्वतीको पूजा आरधना गर्ने तयारी भइरहेको समाचार प्राप्त भएका छन् ।

नेपाली समाजमा आजबाट शिशुहरुलाई अक्षर सिकाउने , बच्चाहरुको नाक कान छेड्ने चलन छ । आजबाट घरमा थन्क्याएर राखेको अन्न चलाउन शुरु गर्ने तथा कृषकहरुले खेतबारी खनजोत गर्ने चलन छ । यस्तै नयाँ कामको शुरु गर्ने चलन छ । विशेषत: हिन्दू समाजमा आज विवाह र ब्रतबन्ध जस्ता शुभ कार्य गर्न साइत हेराई रहन नपर्ने मान्यता पनि रहेको पाइन्छ ।

पछिल्ला वर्षहरुमा संगीत घरहरु तथा मण्टेश्वरी र चाइल्ड केयर सञ्चालकहरुले श्रीपञ्चमीको दिन विशेष छुट सुविधामा विद्यार्थी भर्ना गर्ने गरेका छन् ।

नेपाली समाजमा आजबाट हिउँद सकिएर वर्षा लागेको तथा शिशीर ऋतु सकिएर वशन्त ऋतु आरम्भ भएको मानिन्छ ।

Leave a Reply