सन्थाल समदाय आज सोहराय पर्व मनाइरहेका छन् । झापाको विर्तामोड नगरपालिका, काल गाउँपालिका, झापा गाउँपालिका लगायतले सन्थाल जातिले मनाउने सोहराय पर्वको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । अलग्गै शारीरिक बनौट तथा भाषा , भेषभुषा र संस्कृति भएको सन्थाल जातिको झापाका विभिन्न स्थानमा बसोबास रहेको छ । यो समुदायको ठूलो संख्याको आर्थिक अवस्था र शैक्षिक स्तर माथि उठ्न सकेको छैन ।



पुष्पलाल राष्ट्रिय पुरस्कार जोशी, सेढाई र पोखरेललाई दिइने
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको पुष्पलाल राष्ट्रिय पुरस्कार चन्द्रदेव जोशी, मेदनीप्रसाद सेढाई र राममणि पोखरेललाई प्रदान गर्ने भएको छ । यही माघ २७ गते मन्त्रीस्तरबाट सो निर्णय भएको बताइएको छ ।






