उदाउदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठको ब्रत

आज बिहान उदाउदो सूर्यलाई अर्घ दिएँसँगै यस वर्षको छठको ब्रत समाप्त भएको छ । यही शुक्रबार छठको ब्रत लिएका ब्रतालुहरुले हिजो साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएपछि रातभर जाग्राम बसेका थिए । विहान उदाउदो सूर्यलाई अर्घ दिएपछि ब्रतालुहरु आ-आफ्नो घरमा गएर एक-अर्कामा शुभकामना आदान प्रदान गरी छठको प्रसाद आफू पनि खाने र आफन्त लगायतलाई पनि बाढ्ने चलन रहेको छ ।

विशेष गरी मधेश प्रदेशमा यो पर्वको रौनक बढी देखिएपनि पछिल्ला वर्षहरुमा नेपालको तराईका साथै काठमाडौं उपत्यका सहितका क्षेत्रमा यो पर्व धुमधामसँग मनाउन थालिएको छ । यो पर्वको अवसरमा काठमाडौं गौरीघाट र कमलपोखरीमा उपस्थित भएर राष्ट्रपति विद्यादेवी भण्डारी लगायतले छैठी माताको पुजाआजा गर्नु भएको थियो ।

यसै बीच छठ पर्वको अवसरमा राष्ट्रपति विद्याथेवी भण्डारी , उप-राष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली , नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , जसपाका अध्यक्ष उपेन्द्र यादव , लोसपाका अध्यक्ष महन्त ठाकुर लगायतले शुभकामना व्यक्त गर्दै छठ पर्वले नेपालीहरुको एकतालाई सुदृढ गर्न मद्दत गर्न सकोस् भनी कामना गर्नुभयो ।

Leave a Reply