खुशीयालीका साथ २८५९औं सोनाम ल्होछार मनाउदै तामाङ समुदाय

तामाङ समुदायले एक अर्कामा शुभकामना आदान प्रदान गरी विभिन्न कार्यक्रम गरी खुशीयालीका साथ सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाइरहेका छन् । माघ शुक्ल प्रतिपदाका दिन पर्ने सोनाम ल्होछारका अवसरमा तामाङ समुदायले आफ्नो कूल पूजा गर्ने लगायतका विभिन्न कार्यक्रम गरेका छन् । यसै अवसरमा सरकारले विगतमा झैं आज सार्वजनिक विदा दिएको छ । काठमाडौंको टुंडिखेल लगायतका विभिन्न स्थानमा सोनाम ल्होछारको अवसरमा विभिन्न कार्यक्रम आयोजना भए । २८५९औं सोनाम ल्होछारको अवसरमा तामाङ घेदुङले काठमाडौंको टुंडिखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहभागी भई सबैमा शुभकामना व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतले २८५९औं सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै जातीय , भाषिक , सामाजिक र सांस्कृतिक विभिधता भएको हाम्रो देशमा सोनाम ल्होछार सामाजिक सद्भाव थप दरिलो बनाउन कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मञ्जुश्री पात्रो अनुसा बाघ वर्ग सकिएर आजबाट खरायो वर्ग शुरु भएको छ ।

खरायो , गाई , मुसा ,ड्रागन (मेघ), सर्प , घोडा , भेडा , बाँदर , कुकुर , चरा , सुँगुर र बाघ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिने गरेको जानकारहरु बताउछ

Leave a Reply