पशुपतिको जलहरीको विषयले संसदमा हङ्गामा, अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदन

नेकपा (माके)का सांसद लेखनाथ दाहाल (राजन)ले नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा राखेको जलहरी सुनको सट्टा पित्तलको राखेर भ्रष्टाचार गरेको भनेर यही जेठ १० गते बसेको प्रतिनिधि सभाको बैठकमा बताएपछि यसको विरोध गर्दै यस बारेमा प्रधानमन्त्रीको जवाफ नआएसम्म प्रतिनिधि सभाको बैठक सञ्चालन हुन नदिने भन्दै वेल घेराउ गरि नाराबाजी गरेर अवरोध गरेपछि यो विषय संघीय संसदमा हङ्गामा भएको छ । नेकपा (एमाले)का सांसदहरु नेकपा (माके)का सांसद दाहालको उक्त भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने र सांसद दाहालले माफी माग्नु पर्ने अडानमा छन् तर नेकपा (माके) का सांसदहरु संसदीय छानविन समिति बनाई यो विषयको छानविन गर्नु पर्ने बताइरहेका छन् ।
यो विषय सार्वजनिक भएसँगै यस बारेमा महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन, २०७९ को पृष्ठ ५१६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको ४२ र ४३ नम्बरमा उल्लेख भएको विषयमा अनियमितता भएको पुष्टि हुने विषय उल्लेख छ ।

विरोधका बाबजुद वि.सं.२०७७ फाल्गुण १२ गते चादीको जलहरीको ठाउँमा सुन सहितको धातुको जलहरी राखेको बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *