राष्ट्रिय संग्रहालयले अनलाइन हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्दै

काठमाडौं/ काठमाडौंको छाउनीमा रहेको राष्ट्रिय संग्रहालयले चालु आर्थिक वर्ष २०७८/०७९ को शैक्षिक कार्यक्रम अन्तर्गत अनलाइन हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । सो संग्रहालयले आईतबार जारी गरेको सूचनामा प्रतियोगितामा सहभागीमध्यै विजयी प्रतियोगीहरुमध्ये प्रथम, द्वितीय र तृतीयलाई क्रमश: रु.१,५०० ,रु.१,००० र रु.५०० नगद पुरस्कार र प्रमाण-पत्र प्रदान गरिने उल्लेख छ ।

Leave a Reply