शताब्दी पुरुष सत्यमोहन ज‍ोशीकी पत्न‍ी राधाको निधन

गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएका शताब्दी पुरुष सत्यमोहन ज‍ोशीकी श्रीमती राधादेवी जोशीको आज विहान ५ बजेर १५ मिनेटमा १०० वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । दुई हप्ता अगाडि स्वासप्रश्वास सम्बन्धी समस्याका कारण उहाँ उपचारका लागि किष्ट अस्पताल भर्ना हुनुभएका बताइएको छ ।

दिवंगत जोशीले पनि पतिले जसरी नै मेडिकलको अध्ययनमा सहयोग पुग‍ोस् भन्ने उद्देश्यले मरणोपरान्त आफ्नो शरीर किष्ट शिक्षण अस्पताललाई दान दिनुभएको बताइएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीसँग राधादेवीले ८४ वर्षसम्म दाम्पत्य जीवन बिताउनुभएको पारिवारिक श्रोतले जनाएको छ ।

Leave a Reply