आन्दोलनरत शिक्षक र सरकार बीच आज विहान पनि वार्ता हुने

१८ बुँदे माग राखेर २०८० असोज ३ गतेदेखि अनिश्चितकालीन काठमाडौं केन्द्रित आन्द‍ोलनमा उत्रिएका शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ र नेपाल सरकारका प्रतिनिधि बीच आज विहान औपचारिक वार्ता हुने भएको छ । यो वार्ता निश्कर्षमा पु-याउन दुबै पक्षले प्रयत्न गरिरहेको बताइएको छ । हिजो दुबै पक्ष बीच ३ पटक वार्ता भएको थियो । सो वार्ता सकात्मक ढंगबाट अगाडि बढेक‍ो शिओन, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको भनाइ छ ।

विद्यालय शिक्षा विधेयकले सामुदायिक विद्यालयका शिक्षकलाई विभेद गरि आफ्नो अधिकार कुण्ठित गरेको भन्दै विद्यालयमा अध्यनपन गर्न छाडेर आन्द‍ोलनमा उत्रिएका शिक्षकहरु आफ्ना माग पूरा नभएसम्म आन्द‍‍ोलन जारी राख्ने बताउछन् । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ भने आन्दोलनकै कारण बुधकार र बिहीबार काठमाडौंको माइतीघर- नयाँबानेश्वर क्षेत्रमा सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको थियो ।

यता सरकारले शिक्षकहरुका २ वटा बाहेक संविधानले मान्ने र अर्थतन्त्रले धान्ने सीमा भित्रका माग पूरा गर्न सक्ने शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री राईले बताउनुभएको छ ।

सरोकारवालाहरु भने सामुदायिक विद्यालयहरुको पठनपाठनको गुणस्तर बृद्धिलाई केन्द्रमा राखेर समस्याको समाधानमा लााग्नु पर्ने बताउछन् ।

Leave a Reply