काठमाडौं विश्वविद्यालयद्वारा आफ्नो खातामा विभिन्न शीर्षकमा अतिरिक्त शुल्क जम्मा गरेको भौचर र बैंक खाता सहित निवेदन बुझाउन मेडिकल कलेजका विद्यार्थीहरुलाई आग्रह

काठमाडौं/ काठमाडौं विश्वविद्यालयले आफूबाट सम्बन्धन लिएका मेडिकल कलेजहरुका विद्यार्थीहरुले भर्नाको समयमा सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्कको नाममा आफ्नो खातामा रकम जम्मा गरेको भए त्यसको भौचर र बैंक खाता सहितको निवेदन आजको मितिले १५ दिन भित्र बुझाउन सम्बन्धित विद्यार्थीहरुलाई आग्रह गरेको छ । सो विश्वविद्यालयले आज प्रकाशन गरेको सूचनामा उक्त कुरा उल्लेख छ ।


मेडिकल कलेजहरुको बेथिति विरुद्धको संघर्षका अगुवा तथा अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराईले

यसलाई आफूहरुले सकारात्मक लिएको भन्दै यसको अक्षरश: कार्यान्वयन हुनुपर्ने बता औंल्याउनुभयो । अलगपथसँग कुरा गर्दै उहाँले मेडिकल कलेजका विद्यार्थीहरुले उठाएका समस्या पूरा नभएसम्म आफूहरुको संघर्ष जारी रहने बताउनुभयो ।

Leave a Reply