त्रिभुवन विश्वविद्यालयले आजदेखि विद्युतीय हाजिर प्रणाली लागू गर्दै

आजदेखि त्रिभुवन विश्वविद्यालयले पनि विद्युतीय हाजिर प्रणाली लागू गरेको जनाएको छ । त्रिभुवन विश्वविद्यालयका कार्यालय , निकाय तथा क्याम्सहरुमा आजदेखि विद्युतीय हाजिर प्रणाली लागू हुने सो विश्वविद्यालयले जनाऐको छ । गत माघ ५ गते त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले आजदेखि विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउने र यो प्रणाली अनुसार हाजिर गरी काम कारवाही नगर्ने शिक्षक तथा कर्मचारीले तलव लिएमा र त्यस्ता कर्मचारीलाई तलव भुक्तानी दिएमा , उक्त तलव बुझी लिने र त्यो तलव भुक्तानी दिने कर्मचारीबाट असुल उपर गर्ने निर्णय गरेको बताइएको थियो ।

यो प्रणाली विभिन्न अस्पताल , संस्थागत विद्यालय र निजी कलेज लगायतमा लागू भएको छ ।

Leave a Reply