त्रि.वि.को स्नातक तह दोश्रो वर्षको परीक्षा आउने साउनमा हुने

काठमाडौं/ त्रिभुवन विश्वविद्यालयको स्नातक तहको दोश्रो वर्षको परीक्षा आउदो साउनमा हुने जनाइएको छ । त्रिभुवन विश्वविद्यालय , परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचनामा उक्त तहको परीक्षा आउदो साउन १ देखि १७ गतेसम्म दिउसो व्यवस्थापन संकाय बाहेकको १२:०० देखि ३:०० बजेसम्म र व्यवस्थापन संकायको परीक्षा भने विहान ७:०० देखि १०:०० बजेसम्म सञ्चालन हुने उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय , परीक्षा नियन्त्रण कार्यालयले समयमा परीक्षाको नतिजा प्रकाशन नगर्दा विद्यार्थीहरु हैरान हुने गरेका छन् । त्रिभुवन विश्वविद्यालयले परीक्षाको कपी जाँच्ने परीक्षकलाई परीक्षाको कपी जाँचेको बापत प्रदान गर्ने शुल्क अन्तको तुलनामा अति न्युन हुने गरेकाले परीक्षाको कपी जाँच्न योग्य परीक्षकहरुले इच्छा नदेखाउँदा त्रिभुवन विश्वविद्यिलय , परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा समयमा प्रकाशन गर्न नसक्ने गरेको जानकारहरु बताउछन् । त्रिभुवन विश्वविद्यालयले परीक्षाको कपी जाँच्ने परीक्षकलाई उपयुक्त शुल्क प्रदान गर्ने व्यवस्था गरी समयमा नतिजा प्रकाशन गर्नु जरुरी भएको उनीहरुको भनाई छ ‌।

Leave a Reply