पाटन संयुक्त क्याम्पसमा आंशिक प्राध्यापकको रिले अनशन

आफ्ना माग पूरा नभएको भन्दै आंशिक प्राध्यापकहरुले ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा ४ सुत्रीय माग राखी रिले अनशन गरिरहेका छन् । रिले अनशनरत आंशिक प्राध्यापकहरुले त्रि.वि. कार्यकारी परिषदबाट स्वीकृत भई आएको विभिन्न १३ वटा विषयको २६ वटा पदमा तत्काल विज्ञापन गरी करार सेवामा पद पूर्ति गर्नु पर्ने , त्रि.वि. नियम अनुसार आंशिक प्राध्यापकहरुलाई तत्काल पूर्व-स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउनु पर्ने , त्रि.वि.मा भइरहेको बौद्धिक शोषण अन्त गर्नु पर्ने र त्रि.वि. नियम अनुसार शिक्षण सहायक स्तरको पारिश्रमिक ग्यारेण्टी गर्नु पर्ने माग गरेका छन् ।

Leave a Reply