प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई (SEE)को कुनै विषयमा विद्यार्थी फेल भए सम्बन्धित विषयका शिक्षकको तलव सुविधा बढ्दैन’, भन्नुभएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकले राम्रो बुझाएर नपढाउने अनि विद्यार्थी फेल हुने , शिक्षकले राम्रसँग विद्यार्थीलाई शिक्षा प्रदान नगरेकैका कारण विद्यार्थीले फेल हुनु पर्ने भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको यो भनाई स्वागतयोग्य भएकोले उहाँको यो भनाई व्यवहारमा कार्यान्वयन हुनुपर्छ र एसईईमा मात्रै नभएर यसलाई सबै तहमा लागू हुनुपर्छ’, सरोकारवालाहरुको भनाई छ । अधिकांश सार्वजनिक विद्यालयका शिक्षक पढाउने भन्दापनि अर्थोकै काममा बढी लाग्दा कतिपय संस्थागत सहित अधिकांश सार्वजनिक विद्यालयको एसईईको नतिजा सन्तोषजनक छैन ।
‘नेपालको संविधान,२०७२ मा कक्षा ८ सम्मको शिक्षा नि:शुल्क र अनिवार्य हुने उल्लेख भएकोले यो प्रावधान सबै विद्यालयमा कार्यान्वयन हुनुपर्छ र विद्यार्थीले चाहेको जुनसुकै विद्यालयमा पनि नि:शुल्क अध्ययन गर्न पाउनुपर्छ र यो प्रावधानलाई कक्षा १२ र उच्च तहसम्म लागू गरिनुपर्छ’, अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराईको भनाई छ ।





