फागुन १ गतेदेखि विद्यालय खुल्ने,१२ वर्ष मुनिका वालवालिकालाई दिन बिराएर अध्यापन गराउनु पर्ने

भक्तपुर / ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिमका कारण बन्द भएका विद्यालयहरु आउदो फागुन १ गतेदेखि खुल्ने भएका छन् । १२ वर्ष मुनिका वालवालिकालाई भने दिन बिराएर विद्यालयमा अध्यापन गर्न शिक्षा तथा मानव विकास स्रोत केन्द्रले निर्देशन दिएको छ ।

काठमाडौं उपत्यका बाहिरका धेरै विद्यालयहरु भने यस अगाडिदेखि नै सञ्चालन भइरहेका छन् । यता काठमाडौं उपत्यका भित्र पनि अधिकांश संस्थागत विद्यालयले यस अगाडिदेखि नै कक्षा १० को भौतिक रुपमा नै अध्ययन अध्यापन गराई रहेका छन् ।

Leave a Reply