माग पूरा नभए संघर्षमा उत्रिने नेपाल राहत शिक्षक केन्द्रीय समितिको चेतावनी , राहत शिक्षकको समस्या यथाशीघ्र समाधान गर्न सरोकारवालाको आग्रह

काठमाडौं/ नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षा मन्त्रालय र आफूहरु बीच भएका सम्झौता कार्यान्वयन नभए शसक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ । सो समितिले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल शिक्षक महासंघको रोहबरमा शिक्षा मन्त्रालय र आफूहरु बीच २ पटक सम्झौता भएको तर शिक्षा मन्त्रालयले विभिन्न बहानामा त्यसलाई सम्बोधन नगर्ने गरी कार्य गरेको बुझिएकोले शिक्षा मन्त्रालयलाई त्यसो नगर्न अनुरोध गरेको छ ।

यता सरोकारवालाहरुले राहत शिक्षकहरुको समस्या सदाका लागि समाधान गर्न र विद्यालय तथा कलेजका रिक्त शिक्षकको पदपूर्ति राज्यका सम्बन्धित आयोग मार्फत नियमित रुपमा गर्नु पर्ने बताउछन् । शैक्षिक गणतान्त्रिक मञ्चका पूर्व अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका नेता आर्.बी. भण्डारी राज्यले राहत शिक्षकहरुसँग गरेका सम्झौता यथाशीघ्र कार्यान्वयन गरी उनीहरुका समस्या सधैका लागि समाधान गर्नु पर्ने बताउनुहुन्छ । यता अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराई राज्यले शिक्षा सेवा आयोग मार्फत नियमित रुपमा रिक्त शिक्षकको पदपूर्ति गरी विद्यालयको गुणस्तर कायम हुने गरी कार्य गर्नु पर्ने बताउनुहुन्छ ।

Leave a Reply