माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्रले कोरोना संक्रमण बढेको भन्दै आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको त्यस मन्त्रालयको सचिव स्तरीय बैठकबाट उक्त निर्णय गरेपनि विद्यालय बन्दको मोडालिटी बारे भने टुङ्गो लागी नसकेको स़ो मन्त्रालय स्रोतले जनाएको छ ।

यता शिक्षाविद तथा बुद्धिजीवीहरुले भने आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले खोप नलगाएका विद्यार्थीहरुलाई खोप लगाउने लगायतका सुरक्षा विधि अवलम्बन गरी विद्यालय सञ्चालन गर्नु पर्नेमा जोड दिदै दिएका छन् ।

Leave a Reply