विद्यार्थीले सम्पूर्ण क्षेत्रमा ४५ प्रतिशत छुट पाउनुपर्छ : ११ विद्यार्थी संगठन

११ विद्यार्थी संगठनले विद्यार्थीले पाउनु पर्ने ४५ प्रतिशत छुट सम्पूर्ण क्षेत्रमा लागू गर्नु पर्ने माग गरेका छन् । बिहीबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको केन्द्रीय कार्यालय , अनामनगर, काठमाडौंमा बसेको ११ विद्यार्थी संगठनको सयुक्त बैठकले स्ववियु निर्वाचनमा सहभागी हुने तथा पूर्ण समानुपातिक र समावेशिताको लागि आवश्यक पहल कदमी लिने , सी.टी.ई.भी.टी.मा उत्पन्न भएका समस्याहरुको समाधानको लागि संयुक्त विद्यार्थी संगठनको तर्फबाट सी.टी.ई.भी.टी.लाई ज्ञापनपत्र पेश गर्ने , पेट्रोलियम पदार्थमा भइरहेको मुल्य बृद्धि फिर्ता गराउनको लागि संयुक्त रुपमा संघर्ष गर्ने , विद्यार्थीले पाउनु पर्ने ४५ प्रतिशत छुट सम्पूर्ण क्षेत्रमा लागू गराउन सरकारलाई ज्ञापनपत्र दिने , मुलुकमा व्याप्त मिटर व्याज र लघुवित्तीय शोषणको विरुद्ध एवं सुकुम्बासी र श्रमजीवीको पक्षमा संघर्ष गर्ने र बर्तमान शिक्षा प्रणालीको विषयमा बृहत छलफल र अन्तर्क्रिया गरी समय सापेक्ष शिक्षा प्रणालीको स्थापनाको लागि अगाडि बढ्ने निर्णय गरेको सो बैठक पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply