शिक्षकहरुलाई विद्यालय समयमा नियमित पठन पाठन गर्न शिक्षा तथा मानव विकास केन्द्रको निर्देशन

भक्तपुर / शिक्षा तथा मानव विकास केन्द्रले विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा नियमित पठनपाठन गर्न निर्देशन दिएको छ । विद्यालय समयमा विद्यालयका शिक्षकहरु लोक सेवा आयोग , शिक्षा सेवा आयोग लगायतका तयारी कक्षा , कोचिङ कक्षामा पढ्ने पढाउने तथा सोसँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो प्राप्त भएकोले त्यसो नगर्न र यदी गरेमा कानुन नियम अनुसार सजाय हुने उक्त केन्द्रको निर्देशनमा उल्लेख छ ।

Leave a Reply