सरकारको आजदेखि विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु, बीचमा पढाइ छाड्ने समस्या यथावतै

बिगतका वर्षहरुमा झै यस वर्ष पनि नेपाल सरकारले आजबाट ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ’ विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गरि नियमित रुपमा विद्यालयमा पठाउन अभिभावकहरुलाई आग्रह गर्नुभएको छ । यो वर्ष नयाँ शैक्षिक सत्र आरम्भ हुनु अगावै प्राय: सबैजसो ठाउँमा पाठ्यपुस्तक पुगेको शिक्षा मन्त्रालयका अधिकारीहरुको भनाइ छ । सरकारले सार्वजनिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको छ तर यसको सथानीय तहको कार्यान्वयनमा भने एकरुपता देखिदैन ।

शैक्षिक-सत्र शुरु हुँदा सरकारले विद्यार्थी विद्यालयमा भर्ना गर्न धुमधामका साथ अभियान चलाएपनि बीचैमा बालबालिकाले विद्यालय छाड्ने समस्या समाधानको खोजी राज्यबाट भएको देखिदैन , जसका कारण पूूर्व प्राथमिक तहमा भर्ना भएका धेरै विद्यार्थी बीचैमा पढाइ छाड्ने क्रम यथावतै रहदा एसईईसम्म पुग्ने बालबालिकाको संख्या अति थोरै हुने गरेकोले विद्यालयबाट बालबालिकाले बीचैमा पढाइ छाड्नु पर्ने समस्याको दीर्घकालीन समाधान नगर्दासम्म सरकारको विद्यालयमा विद्यार्थी भर्ना अभियानले सार्थकता पाउन नसक्ने जानकारहरु बताउछन् ।

Leave a Reply