मेयर बालेन्द्र साहको निर्देशनप्रति संस्थागत विद्यालयका शिक्षक खुशी

संस्थापक (निजी) विद्यालयका शिक्षकहरु काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संंस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यलयका शिक्षकलाई जति नै तलब सुबपधा दिन दिएको निर्देशनप्रति खुशी प्रकट गरेका छन् तर ती विद्यालय सञ्चालकहरु भने त्यसप्रति असन्तुष्ट बनेको देखिएको छ । मेयर साहले बिहीबार सो निर्देशन दिएका हुन् ।

यस्ता विद्यालय सञ्चालकहरुले अभिभावकहरुबाट महङ्गो शुल्क लिने तर शिक्षक र कर्मचारीलाई भने अति न्यून तलब सुविधा दिन गरेको छन् , जसले गर्दा संस्थागत विद्यालय सञ्चालकहरु हजारपतिबाट रातारात करोडपति बन्दा शिक्षक र कर्मचारीलाई भने ती विद्यालयले प्रदान गरेको तलब सुविधाबाट जीवन धान्न समस्या परिरहेको जानकारहरु बताउछन् ।

सरोकारवालाहरुले मेयर बालेन्द्र साहले दिएको यो निर्देशन कडाईका साथ कार्यान्वयन हुनु पर्ने, सबै संस्थागत विद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई अब प्रदान गर्ने प्रत्येक महिनाको तलव सुबिधाको विवरण काठमाडौं महानगरपालिकामा महिनैपिच्छे बुझाउनु पर्ने अनिवार्य व्यवस्था हुनु पर्ने र काठमाडौं महानगरपालिकाले ती विद्यनलयको समय समयमा राम्र‍सँग अनुगमन गर्नु पर्ने बताउछन् ।

यसका साथै काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका सबै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि हुने गरी विशेष योजनाका साथ कार्य गर्नु पर्ने उनीहरुको माग छ ।

Leave a Reply