सीटीईभीटीले एक विषयको मौका परीक्षा २०७८ फागुन ७ गते सञ्चालन गर्ने

भक्तपुर / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सानोठिमी, भक्तपुरले ओमिक्रोन संक्रमण तीब्र गतिमा बढेका कारण रोकिएको एक विषयको मौका परीक्षा आउदो फागुन ७ गते सञ्चालन गर्ने भएको छ । सो परिषदद्वारा आज प्रकाशित सूचनामा उक्त दिन बिहान ८:०० बजेदेखि १२+६ महिनाका सम्पूर्ण कार्यक्रमहरु र औद्योगिक प्रशिक्षार्थीका सम्पूर्ण कार्यक्रमहरु तथा त्यसै दिन दिउसो २:०० बजेदेखि १२+३ महिनाका सम्पूर्ण कार्यक्रमहरुको परीक्षा हुने उल्लेख छ । परीक्षा केन्द्र भने परीक्षा सञ्चालन हुने मिति भन्दा एक हप्ता अगाडि सञ्चालन गर्ने सोही सूचनामा उल्लेख छ ।

Leave a Reply