स्कूल र कलेजहरु आजबाट बिदा , बैशाख ३० गते सार्वजनिक बिदा दिने

काठमाडौं/आउने शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी आजबाट देशभरका स्कूल र कलेज बिदा भएका छन् । अधिकांश स्कूल र कलेज आउने जेठ ३ गते सञ्चालन हुने गरी बिदा भएका र कतिपय स्कूल र कलेजले बुद्ध जयन्तीको अवसरमा आउने जेठ २ गते रचनात्मक कार्यक्रम गर्ने जनाएका छन् ।

बैशाख ३० गते सार्वजनिक बिदा

नेपाल सरकार , मन्त्रीपरिषदले निर्वाचन आयोगको आग्रह अनुरुप आउने बैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका सह-सचिव/ प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

बैशाख ३० गते अत्यावश्यक सेवा प्रदायक सवारी साधन र सो दिन सञ्चालन हुन अनुमती पाएका सवारी साधनलाई मात्रै चल्न दिने जनाइएको छ ।

Leave a Reply