अजितनारायण थापा र अरुण चौधरीलाई ४/४ दिन प्रहरी हिरासतमा राखेर अनुन्धान गर्न अदालतको अनुमती

बाँसबारी छाालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केेन्द्रीय अनुसन्धान व्युरोले आज पक्राउ गरेका बाँसबारी छालाजुत्ता कारखानाका ततकालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र सी.जी. होल्डिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई ४/४ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सीआईबी (CIB)लाई अनुमती दिएको छ । सीआईबीको नियन्त्रणमा रहेका चौधरी माथि किर्ते सम्बन्धी अनुसन्धान गर्ने जनाइएको छ । सीआईबीले थापालाई काठमाडौंको बत्तीसपुतलीबाट र चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरे लगत्तै जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं मार्फत थुनामा राखेर अनुसन्धान गर्न माग गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । उनीहरु माथि किर्तेको विषयमा थप अनुसन्धान गर्ने बताइएको छ । सीआईबी ३ महिनादेखि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनाको विषयमा अनुसन्धान गर्दै आएक‍ो सीआईबीीले जनाएको छ ।

ठाकुर पनि सीआईीबी (CIB) को नियन्त्रणमा

बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष तथा आम्रपाली कण्ट्रक्सनका मालिक सञ्जय ठाकुरलाई पनि आजै सीआईबीले पक्राउ गरेको छ तर उनलाई भने आज अदालत लगिएन । उनी अध्यक्ष रहेकै समयमा बाँसबारी छालाजुत्ता कारखानाको १० र‍ोपनी जग्गा चाँदबाग सी.जी.कम्पनीको नाममा नामसारी गर्ने निर्णय गरेको देखिएको बताइएको छ ।

अजितलाई भेट्न सुनिल सीआईबी कनर्यालयमा

पूर्व मन्त्री तथा राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार सुनिल थापा पक्राउ परेका अजित नारायण थापालाई भेट्न सीआईबीको कार्यालयमा पुगेका थिए ।।

Leave a Reply