नेकपा (माके)का भट्ट सुदूरपश्चिम प्रदेश र चुमान गण्डकी प्रदेश सभा दलको नेता चयन

अन्तत: खगराज भट्ट नेकपा(माके)को सुदूरपश्चिम प्रदेश सभा दलको नेता सर्वसम्मत चयन हुनुभएको छ । हिजो बसेको बैठक विना निश्कर्ष सकिएपनि आज बिहान बसेको बैठकले भट्टलाई नेता चयन गरेको बताइएको छ । सुदूर प्रदेश सभामा नेकपा (माके) ११ जना प्रदेश सभासद छन् ।

यस्तैगरी हिजो सो पार्टीको गण्डकी प्रदेश सभा दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन हुनुभएको जनाइएको छ । नेता चुमान गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री हुन् । सो प्रदेशमा नेकपा (माके)का ८ जना प्रदेश सभासद छन् ।

यस्तै हिजो नै उक्त पार्टीको बागमती प्रदेश सभा दलको नेतामा शालिकराम जम्मरकट्टेल निर्विरोध चयन हुनुभएको थियो । जम्मरकट्टेल दोश्रो पटक बागमती प्रदेशको आर्थिक मामिला मन्त्री हुनुहुन्छ ।

यस्तैगरी सोही पार्टीको कर्णाली प्रदेश सभा दलको नेतामा राजकुमार शर्मा र १ नं. प्रदेश सभा दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *