विवाद र अनिश्चयका बीच अन्तत: नेपाली कांग्रेसका कोशी प्रदेश सभा दलका नेता उद्धब थापा आज कोशी प्रदेशको पाचौँ मुख्यमन्त्री बन्नुुुभएको छ । कोशी प्रदेश सभाका ९३ जना सदस्यमध्ये सभामुख बाबुराम गौतम सहित नेकपा (माके)का १३ , नेपाली कांग्रेसका २९, नेकपा (एस)का ४ र जसपाका १ गरि ४७ जना प्रदेश सभा सदस्यको समर्थन प्राप्त भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेसका कोशी प्रदेश कार्य समिति सभापति समेत रहेका थापाले मुख्यमन्त्री पदको सपथग्रहण गरेको ३० दिन भित्र नेपालको संविधान, २०७२ अनुसार कोशी प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने छ ।
नवनियुक्त मुख्यमन्त्री थापाले भोलि प्रदेश प्रमुख खापुङबाट मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गर्ने गरि तयारी भइरहेको प्रदेश प्रमुख कार्यालय श्रोतले जनाएको छ । भोलि नै मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रीपरिषद गठनलगर्ने तयारी भइरहेेको बताइएको छ ।
सो प्रदेशको यस अगाडि शेरधन राई , भीमप्रसाद आचार्य , राजेन्द्रकुमार राई र हिक्मत कारकि मुख्यमन्त्री बन्नुभएको थियो । यस अधिको नेकपा (एमाले)का नेता हिक्कत कार्कीको नेतृत्वको कोशी प्रदेश सरकारले कोशी प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि ढलेको थियो । जसका कारण सो प्रदेशमा नेपाली नेता थापा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
कोशी प्रदेश सहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, बागमती प्रदेश र कर्णाली प्रदेशमा नेकपा (माके) र मधेश प्रदेशमा जनता समाजवादी पार्टी, नेपालको नेतृत्वमा प्रदेश सरकार सञ्चालन भइरहेका छन् ।





