अब स्थायी र स्वतन्त्र पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्ष

पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको नवीकरण प्रत्येक वर्ष हुदै आएकोमा अबदेखि स्थायी र स्वतन्त्र पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्ष कायम गर्ने तर अस्थायीको प्रेस प्रतिनिधि प्रमाणपत्रको हकमा भने साविककै नियम कायम रहने सूचना तथा प्रशारण विभागले जनाएको छ । जस अनुसार अब स्थायी र स्वतन्त्र पत्रकारले आफ्नो प्रेस प्रतिनिधि प्रमाणपत्रको नवीकरण ३ वर्षमा गर्न सक्ने छन् । काठमाडौं उपत्यका बाहिर कार्यरत रहेका पत्रकारलाई प्रत्येक वर्ष आफ्नो प्रेस प्रतिनिधि प्रमाणपत्रको नवीकरण गर्न समस्या भएको भन्ने गुनासो आएकाले नयाँ व्यवस्था गर्न लागेको सूचना तथा प्रशारण विभाग श्रोतले जनाएको छ ।

Leave a Reply