अष्ट्रेलियालाई हराउदै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकाउट चरणको दोश्रो खेलमा अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरी अर्जेन्टिना क्वाटर फाइनल प्रवेश गरेको छ । अहमद विन अली रंगशालामा भएको यो खेलको ३५औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसैगरी खेलको ५७औं मिनेटमा जुलियन अल्भासले अष्ट्रेलियाका गोल रक्षकको गल्तीको फाइदा उठाई पेनाल्टी एरियाबाट सहजै गोल गरी अर्जेन्टिनालाई २-० गोल अन्तरले अघि बनाए तर खेलको ७७औं मिनेटमा अष्ट्रेलियाका खेलाडी क्रेग गुडविनको प्रहार गरेको बल एञ्जो हर्नाण्डेजको शरुरमा लागेर अर्जेन्टिनाको गोल पोष्टमा छिरेको थियो । कप्तान मेस्सीको जिदुमयी यो खेल रोमाञ्चक बनेको थियो । कप्तान मेस्सीले फुटबल करिअरको एक हजारौं खेल हो । यसका साथै मेस्सीको यो १६९औं अन्तर्राष्ट्रिय फुटबल खेलेर गोल गरी आफ्ना समर्थकहरुलाई खुसी बनाएका थिए ।

अर्जेन्टिनाले यो विश्वकप अन्तर्गटको क्वाटर फाइनलमा नेदरल्याण्ड्ससँग खेल खेल्ने छ ।

Leave a Reply