अस्ताए गायक तथा संगीतकार योगेश वैद्य

नेपाली तथा नेपाल भाषाका बरिष्ठ गायक तथा संगीतकार योगेश बैद्यको गएराती १२:३० बजे ७७ वर्षको उमेरमा निधन भयो । हिजो दिउँस‍‍ो स्वास्थ्यमा समस्या देखिएको र राती विराम बढेपछि अस्पाताल लाने क्रममा उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दिवंगत वैद्यको आज पशुपति आर्यघाटमा अन्तेष्टी गरिने बताइएको छ ।

उहाँका दुई छोरी र १ छ‍ोरा छन् ।

उहाँका ‘सपना भुलाई सारा आँसु लिएर जाउ’ जस्ता गीतहरु चर्चित छन् । उर्हाँको निधनले नेपाली र नेपाल भाषाको सांगीतिक क्षेत्रमा अपुरणीय क्षति भएको सांगीतिक क्षेत्रसँग सम्बद्ध व्यक्तित्वहरुले बताएका छन् ।

Leave a Reply