अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्दले विरामी मारमा,सरकारसँग ६ बुँदे सहमतीपछि स्वास्थ्यकर्मीहरु फर्किए काममा

शुक्रबार राष्ट्रिय ट्रमा सेण्टरका डाक्टर जनिथलाल सिंहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको बेला सडकमा यात्रा गरेको भन्दै सुरक्षाकर्मीले कुटपिट गरेको घटनाको विरोधमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा आज स्वास्थ्यकर्मीहरुले सरकारी अस्फतालहरुमा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्दा विरामीहरु मारमा परे । जसका कारण विरामीहरुका आफन्तले सो कार्यको विरोध गर्नुका साथै नारा लगाएका थिए ।

यता उक्त घटनाको विरोधमा उत्रिएको नेपाल चिकित्सक संघका प्रतिनिधि र सरकारद्वारा गठित सरकारी वार्ता टोली बीच आजै वार्ता भएर ६ बुँदे सहमती भयो । त्यसपछि भने विरोधमा उत्रिएका स्वास्थ्यकर्मीहरु पुन: काममा फर्किए ।

Leave a Reply