नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

नेेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक हिज‍ोबाट काठमाडौंमा शुरु भएको छ । सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षताम शुरु भएको उक्त बैठक आज पनि बस्ने बताइएको छ । यो बैठकमा अध्यक्ष कट्टेलले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पुष्पलालको अगुवाई र नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष प्रवेश गरेको अवसरमा यसलाई अबको १ वर्षभरी नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हिरक महोत्सवको रुपमा मनाउने प्रस्ताव गर्नुभएको त्यसै पार्टीका केन्द्रीय कार्यालय सचिव रत्नप्रसाद जोशीले अलगपथलाई बताउनुभयो । अध्यक्ष कट्टेलले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्न शुरु गरेको र आफ्नो धारणा राख्न बाकीेे केन्द्रीय सदस्यहरुले आज बस्ने बैठकमा आफ्नो धारणा राख्ने कार्यालय सचिव जोशीको भनाइ छ ।

गत बैशाख ९ र १० गते विराटनगरमा सो पार्टीको विशेष सम्मेलन सम्पन्न भएको थियो ।

Leave a Reply