आजबाट मट्टितेल र डिजेलमा घट्यो मुल्य

नेपाल आयल निगम लि.ले आजबाट मट्टितेल र डिजेलमा प्रतिलीटर रु.१० का दरले मूल्य घटाएको जनाएको छ । जस अनुसार मट्टितेल र डिजेलको प्रति लीटर मूल्य रु.१५५ रुपैया कायम गरिएको जनाइएको छ ।

नेपाल आयल निगम लि.ले जारी गरेको प्रेस विज्ञप्तिमा इण्डियन आयल कर्पोरेशन लि. बाट २०८० जेठ २ गते प्राप्त खरीद मूल्यसूची बम‍ोजिम पेट्र‍ोल र डिजेलको मूल्य घटेर आएको उल्लेख भएपनि पेट्र‍ोलमा भने मूल्य घटाइएको छैन ।

Leave a Reply